तेश्रो लिङ्गी माथी प्रहरी ज्यादती : नाङ्गै बनाएर कुटपिट देखी कण्डम कोच्याउने सम्मको दुर्ब्यवहार !


इटहरी 

सुनसरीको इटहरीस्थित तेश्रो लिङगीहरूले बिना कुनै कसुर आफुहरूलाई प्रहरीले अनावस्यक पक्राउ गरी हदै सम्मको दुर्ब्यवहार गरेको आरोप लगाएका छन । सोमबार इटहरीमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका तिन जना तेश्रोलीङगीहरूले प्रहरीबाट आफुहरू अशुरक्षीत भएको बताएका छन ।

इटहरीस्थित जनता उच्च मावीको खेल मैदानमा सञ्चालन हुदै आएको रमाइलो मेला हेरी घर फर्कदै गर्दा प्रहरीले अनुशन्धान गर्नुछ भन्दै पक्राउ गरी कार्यालयमा लगरेको र हदै सम्मको दुर्ब्यवहार गरेको पिडितहरूले पत्रकार सम्मेलनमा बताए । प्रहरी सुत्ने कोठामा लगेर नाङ्गै बनाइ जबरजस्ती कण्डम खुवाउन एवम कोच्याउने प्रविृती भएको पिडितहरूले पत्रकार सम्मेलनमा बताए ।

रमाईलो मेलाका नाममा जुवाजन्य मेला लगाएर समाजभित्र विकृति फैलाउने जस्तो कार्य गर्ने स्वीकृति दिएको र मेला हेरेर फर्कदै गरेका तेस्रो लिङ्गीलाई नियन्त्रणमा लिई अमानवीय दुब्र्यवहार गर्नेमाथि कार्वाहीको माँग गर्दै सोमबार लिखित जाहेरी समेत दिएको ब्लूडाईमण्ड सोसाईटीका बिनोद वाग्लेले बताए ।

प्रहरीको पिटाईबाट मोनिका परियारको देब्रे खुट्टामा निलडाम प्रष्टै देखिएको छ भने अर्का अभय लिम्वुको हात सुन्निएको छ । उनीहरुको स्थानीय अस्पतालमा स्वास्थ्य जाँच गरी अहिले सामान्य अवस्थामा रहेका छन ।

घट्नामा आफ्नो सहकर्मीहरू माथी भएको ज्यादतीप्रति आक्रोेस पोख्दै ब्लूडाईमण्ड सोसाईटी इटहरीका प्रमुख रवि श्रेष्ठले प्रहरीले देखाएको अमानवीय र क्रुरताको ज्यादती क्षमा योग्य नरहेको र दोषीलाई तत्काल कडा भन्दा कडा कार्वाहीको माग गरेका छन । यता यस बिषयमा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी सञ्ज्य राउत संग सम्पर्क गर्दा उनी कार्यालय परिषरबाट बाहिरीसकेका कारण कुनै जानकारी प्राप्त हुन सकेन ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.