सुन प्रकरणका मुख्य नाईके चुडामणि उप्रेती पक्राउ परेसँगै बिभिन्न तथ्य सार्वजनिक !
काठमाडौं
३३ किलो सुन प्रकरणका मुख्य नाइके भनिएका चुडामणि उप्रेती पक्राउ परेसँगै विभिन्न तथ्य बाहिरिएको छ । गृह मन्त्रालयले विशेष सूचनाको आधारमा पक्राउ गरिएको भनिएपनि गोरेले आत्मसमर्पण गरेको तथ्य बाहिरिएको छ ।
पक्राउ पर्नुअघि उनले नेपाल मानव अधिकार संगठनका नाममा जीवन रक्षासहित आत्मसमर्पण गनृ निवेदन दिन र विदेशमा लुकेर बसेको भनिएपनि छानविन समितिलाई जानकारी गराएको आधारमा पक्राउ पर्नुले गोरे पक्राउ परेका हुन् वा आत्मसमर्पण गरिएको हो भन्ने प्रश्न उठेको छ नै ।
गोरेले झापास्थित मानव अधिकार संगठनलाई लेखिएको निवेदनमा गोरेले कानूनलाई सघाउन तथा आफ्ना कुरा राख्न पाउँ भन्दै संगठन समक्ष निवेदन दिएका थिए । सुरक्षित रुपमा न्यायालयमा पुग्न सक्ने मिति स्थान र समयमा प्रबन्ध मिलाउन उनले आग्रह गरेका थिए ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.