‘कम्युनिष्टको थोत्रो विमान जतिबेला पनि दुर्घटना हुन सक्छ’ !


कालिकोट

नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिष्टले उडान गरेको जेट विमानको आयु लामो नरहेको बताएका छन्। कम्युनिष्टको एकताबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई व्यंग्य गर्दै शाहीले भने, ‘थोत्रो विमान जतिबेला पनि दुर्घटना हुन सक्छ। वर्तमान सरकार अति जोखिममा छ।’

प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगेपनि कांग्रेस कार्यकर्ताहरु हरेश खान नहुने भन्दै सोमबार नेपाल विद्यार्थी संघ कालिकोटद्वारा आयोजित कार्यक्रममा भने– ‘कांग्रेस पार्टीको भबिष्य अझै सुनौलो छ।’ पार्टीभित्र पूर्ण एकताबद्ध बनेर संगठन निर्माणमा लागे भोलिको दिनमा कांग्रेसको बिजयलाई कसैले रोक्न नसक्ने उनको भनाई छ।

,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.