गोरेले तस्करीमा संलग्न अन्य व्यक्तिहरुकोबारे पनि यसरी मुख खुलाए !
काठमाडाैं
३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई पक्राउ गरी गृहमन्त्रालयमा सार्वजनिक गरिएको छ।
गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरिएको हो। गोरेलाई सार्वजनिक गरेलगत्तै मोरङ जिल्ला अदालतमा पेस गर्न पठाएको छ। सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिका संयोजक गृहमन्त्रालयका सहसचिव ईश्वराज पौडेलले गोरे सार्वजनिक गर्दे सुन तस्करीका थप रहस्य खुलेको दाबी गरे।
‘गोरेको बयान र थप अनुसन्धानपछि तस्करीका अन्य रहस्य सार्वजनिक गरिनेछ गोरे पक्राउपछि यसअघि पक्राउ परेका अभियुक्तहरुको बारेमा थप प्रमाण पुग्ने आधार फेला परेका छन्,’ संयोजक पौडेलले भने । उनले आज बिहान साढे ५ बजे काठमाडौंको गौरीघाटबाट गोरेलाई पक्राउ गरिएको जानकारी दिए।
यद्यपि प्रहरी स्रोतले यसअघि गोरेलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको जनाएको थियो । गत माघ ९ मा विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा गोरेले करेन्ट लगाएर शनम शाक्यको हत्या गरेको अभियोग लागेको।
शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो। सो प्रकरणमा विशेष समितिले यसअघि ३२ जनालाई पक्राउ गरिसकेको छ ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.