बालकृष्ण ढुंगेललाइ माफी दिने नेपाल कम्युनिष्ट पार्टीको ब्यापक तयारी !

काठमाडौँ 


सरकारले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको खबर आजको नागरिक दैनिकले छापेको छ ।

डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गरी छुटाउन खोजिएको हो ।

समाचारका अनुसार उनको कैद मिनाहका लागि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यलय काठमाडौंमार्फत सिफारिस मागेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले उनीलगायत केही कैदीहरुको कैद मिनाहको सिफारिससहित कारागार व्यवस्थापन विभागलाई पठाईएको छ भने विभागले एकदुई निदभित्रै मन्त्रालयमा सो सिफारिस पठाउने तयारी गरेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.